१५ प्रतिशतले घट्यो सिटिजन्स बैंकको नाफा, निष्क्रिय कर्जा र प्रोभिजन वृद्धि
काठमाडौं, ७ माघ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा १५ प्रतिशत कम नाफा गरेको हो ।
बैंकले गत आवको पहिलो ६ महिनामा ७८ करोड २८ लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकको ब्याज आम्दानी घटे तापनि ब्याज खर्च पनि कम भएको छ । फलस्वरुप खुद ब्याज आम्दानी २ अर्ब ८३ करोडबाट बढेर ३ अर्ब ७ करोड पुगेको छ ।
यसबीचमा बैंकले १ अर्ब ३५ करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि रकम छुट्याएकोछ । बैंकले गत आवको सोही अवधिमा ८६ करोड रुपैयाँमात्र इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो । यसरी बैंकको नाफा सामान्य घटेको हो । नाफा घट्दा ईपीएस ११.०२ रुपैयाँबाट घटेर ८.९६ कायम भएको छ भने नेटवर्थ १५०.३९ पुगेको छ । पीई रेसियो भने २३.५६ रहेको छ ।
सिटिजन्स बैंकको निष्क्रिय कर्जाको आकार ४.८५ प्रतिशत देखिएको छ । गत आवको पुस मसान्तसम्म यस्तो कर्जाको दर ४.०७ प्रतिशत थियो ।