महालक्ष्मी विकास बैंकद्वारा विपन्न विद्यार्थीलाई न्यानो ज्याकेट वितरण
काठमाडौं, ७ माघ । महालक्ष्मी विकास बैंकले पालुङ्ग शाखाद्वारा देउरालीस्थित श्री कालिदेवी प्राथमिक विद्यालयका ५५ विपन्न विद्यार्थीलाई न्यानो पोलार ज्याकेट वितरण गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा अध्ययनरत ८३ जनामध्ये ५५ जना विद्यार्थी जाडो मौसमका कारण स्वास्थ्य समस्याप्रति मध्यनजर गर्दै बैंकले कपडा वितरण गरेको हो।
जसअन्तर्गत बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, र दिगो विकास लक्ष्यलाई ध्यानमा राखेर विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ।
यसले विद्यार्थीहरूको पठनपाठन र स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यसका साथै, महालक्ष्मी विकास बैंकले सर्वोदय परियोजनासँगको समन्वयमा दृष्टिविहिन कलाकारहरूको प्रतिभा उजागर गर्न र समावेशिता प्रबद्र्धन गर्न अदृश्य मोतीहरु नामक कार्यक्रमको आयोजना गर्न आर्थिक सहयोग गरेको छ।
यस कार्यले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा आफ्नो उपस्थिति देखाउने अवसर दिएको छ र समावेशी समाज निर्माणको दिशामा योगदान पुर्याउने विश्वास लिएको बैंकले जनाएको छ ।