एनएमबि बैंकको सञ्चालन मुनाफा ५१.४२ प्रतिशतले बढ्यो

एनएमबि बैंकको सञ्चालन मुनाफा ५१.४२ प्रतिशतले बढ्यो

काठमाडौं, ७ माघ ।  एनएमबि बैंकको सञ्चालन मुनाफा ५१.४२ प्रतिशत बढेको छ। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा  २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.६१ प्रतिशत बढी हो। बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी १३.७२ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १७.३८ प्रतिशत र कुल सञ्चालन आम्दानी १४.२८ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँमा झरेको छ। 

बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८४ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १०.९५ गुणा रहेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ ।