संसद्को हिउँदे अधिवेशन माघ १८ मा बोलाउने सरकारको निर्णय

संसद्को हिउँदे अधिवेशन माघ १८ मा बोलाउने सरकारको निर्णय

काठमाडौं, ७ माघ । सरकारले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ माघ १ बजे बस्ने गरि अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको खानेपानी मन्त्री प्रदिप यादवले जानकारी दिए ।

संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।