धरानलाई खानेपानी माग्दै सिंहदरवार पुगे मेयर हर्क साम्पाङ

धरानलाई खानेपानी माग्दै सिंहदरवार  पुगे मेयर हर्क साम्पाङ

काठमाडौं, ८ माघ । धरानका जनताका लागि खानेपानी व्यवस्था हुनुपर्ने माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् ।

उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्‍दै रित्तो गाग्री बोकेर सोमबार राजधानी आइपुगेका हुन् । 

रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेको भए पनि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीविनै पुगेका छन् ।

यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए । आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

धरानमा पानी सधैंको चुनावी एजेण्डा भए पनि समस्या उस्तै छ । सम्पाङले पनि चुनावी मुद्दा खानेपानीलाई नै बनाएका थिए ।

धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड बनाइएको थियो यद्यपी, पानीको अभाव अहिलेसम्म हटेको छैन । 

खानेपानीको अभाव खेप्दै आइरहेको धरानमा पानीको निहुँमा निकै ठूला विवाद हुने गरेका छन् । 

May be an image of 3 people