सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल वितरण
काठमाडौं, ८ माघ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल वितरण गरेको छ ।
कम्पनीले सोमबार पर्साको पकाहमैनपुर गाउँपालिका–४ मा विभिन्न वर्गका ७० जनालाई न्यानो कम्बल वितरण गरेको हो ।
उक्त कार्यक्रममा वडा ४ का वडा अध्यक्ष भेडीप्रसाद यादव, नेपाल बीमा प्राधिकरण, मधेस प्रदेशका सहायक निर्देशक रोशन महासेठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मधेस प्रदेश प्रमुख निशान्तकुमार लामिछाने, शाखा प्रमुख सन्दीपसिंह ठकुरी, समाजसेवी अयोध्याप्रसाद चौहानको उपस्थिति रहेको थियो ।