राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ग्यास सिलिण्डर

राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ग्यास सिलिण्डर

काठमाडौँ, ८ माघ । राजेन्द्र महतो नेतृत्व रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ ।

राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर अभियान चलाएका अध्यक्ष महतोले पछिल्लो समय राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसपछिको लामो प्रयासपछि मंगलबार पार्टी दर्ता प्रमाणपत्र पाएको पार्टीका नेता केशव झाले बताए ।

नेता झाका अनुसार, राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनाव चिह्न माछा माग गरेको थियो । तर, निर्वाचन आयोगले ग्यास सिलिण्डर चुनाव चिह्न दिएको छ । गाढा निलो रंगको आयातकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको 

अध्यक्ष महतोले स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त बमोजिम पार्टी अगाडि बढ्ने भएकाले पार्टीको सदस्यता लिएर सक्रियताका साथ पार्टीमा लाग्न आग्रह गरेका छन् ।