नयाँ बानेश्वरमा एटीएम चोरीको प्रयास, १ जना प्रहरी नियन्त्रणमा

नयाँ बानेश्वरमा एटीएम चोरीको प्रयास,  १ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ, ९ माघ । एनआइसी एसिया बैंकको थापागाउँस्थित एटीएममा गएराति चोरीको प्रयास भएको छ ।

मंगलबार राति करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

थापागाउँस्थित रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरीको प्रयास भएको थियो तर, समयमा जानकारी पाएको हुनाले सफल नसकेको प्रहरी स्रोतले जानकारी दिएको छ ।  उनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ ।