१ लाख ६० हजार पुग्यो सुनको मूल्य

१ लाख ६० हजार पुग्यो सुनको मूल्य

काठमाडौँ, ९ माघ । सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार रुपैयाँ पुगेको छ ।

मंगलबार प्रतितोला एक लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ६० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस नौ अमेरिकी डलर बढेर दुई हजार ७५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ ।