राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित

काठमाडौं, ९ पुस । संघीय निजामती सेवा विधेयकमा छलफल गर्न बोलाइएको संघीय संसदको राज्यव्यवस्था  तथा सुशासन समितिको बैठक स्थगित  भएको छ ।

बैठक आज दिउँसो एक बजे बस्ने तय भएको थियो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई छलफलका लागि  बोलाइएको थियो । तर, मन्त्री काठमाडौं बाहिर भएकाले बैठक स्थगित गरिएको हो ।

अब भोलि बिहान साढे ११ बजे बस्ने छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने बताइएको छ।