महिला यू-१९ विश्वकप : अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य
काठमाडौं, ९ माघ । यू-१९ महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ ।
मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।
अष्ट्रेलियाका लागि काइमोही ब्रेले ४५ रन बनाइन् । एलेनोर लारोसाले ३० रन बनाइन् ।
खेलको सुरुवाती ओभरमा नेपालकी कप्तान पूजा महतोले ३ विकेट लिएर अष्ट्रेलियालाई दबाबमा ल्याएपनि काइमोही र एलेनोरको ब्याटिङ नेपाललाई महँगो साबित भयो ।
नेपालका लागि पूजाले ३ विकेट लिइन् । पूजाले ४ ओभरमा रन खर्चेर ३ विकेट लिएकी हुन् ।
सीमाना केसीले लगातार २ विकेट लिइन् । रिया शर्माले १ विकेट झारिन् ।