यू-१९ महिला टी-२० विश्वकपको समूह चरणबाटै बाहिरियो नेपाल, अष्ट्रेलियासँग ८३ रनले पराजित

यू-१९ महिला टी-२० विश्वकपको समूह चरणबाटै बाहिरियो नेपाल, अष्ट्रेलियासँग ८३ रनले पराजित

काठमाडौँ, ९ माघ । नेपाल आईसीसी यू–१९ महिला टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै जितविहीन रह्यो ।

नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो । कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन् ।

यस हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ । नेपाल पहिलो खेलमा बांङ्लादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।