नयाँ दिल्लीमा ११ औं अटो ट्रेड डायलग सम्पन्न, नाडा अध्यक्ष करण चौधरी सहभागी

नयाँ दिल्लीमा ११ औं अटो ट्रेड डायलग सम्पन्न, नाडा अध्यक्ष करण चौधरी सहभागी

काठमाडौं, ९ माघ । भारतको राजधानी नयाँ दिल्लीमा ११ औं अटो ट्रेड डायलग सम्पन्न भएको छ । सोसाइटी अफ इण्डियन अटोमोवाइल म्यानुफयार्चस (यसआईएयम) का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा यही जनवरी २० मा कार्यक्रम भएको हो ।

नाडाका अध्यक्ष करण चौधरीले स्थानीयकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी प्यानेल छलफलमा पेनेलिष्टका रुपमा ओभरभ्यु अफ नेपाल अटो पोलिसिजका सम्बन्धमा आफ्ना धारणा राखेका छन् । नेपालको अटोमोवाइल क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा दिएको योगदानबारे जानकराी दिदै अध्यक्ष चौधरीले नेपालको सडक शुरक्षाका सम्बन्धमा भइरहेको प्रयासबारे बताएका छन् । नेपाल सवारी साधनहरुको आयातकर्ताबाट एसेम्बली प्लाण्ट मार्फत उद्योगतर्फ अग्रसर हुदै गएको उनले जनाए ।

नेपालमा आइसी गाडीहरुको आयात घट्दै गएको भए पनि नेपालको सरकारले ग्रीन इनर्जिलाई उच्च प्राथमिकतामा राखेको फलस्वरुप नेपालमा विद्युतिय सवारी साधनको आयात हरेक बर्ष बढदै गएको र सोही अनुरुप चार्जिङ्ग स्टेशनहरु पनि क्रमशः थपिदै गएको बताउँदै अध्यक्ष चौधरीले नेपाल अहिले विद्युतिय सवारी साधनको हव बन्दै गएको समेत बताएका छन् ।

११ औं अटो ट्रेड डायलग कार्यक्रमलाई दक्षिण अफ्रिकाका डेपुटी हाई कमिश्नर सेड्रिक सि क्रोवेली, जर्मनीका फेडरल मिनिष्ट्रीका डिजिटल एण्ड ट्रान्सपोर्ट महानिर्देशक डा.सेभेन हलड्रोन, भारतका लागि ब्राजिली राजदूत एच.इ.केन्नेथ एफ.एच दा नोबे्रगा, मिनिष्ट्रि अफ हेवी इण्डष्ट्रिजका अतिरिक्त सचिव डा.हानिफ कुरेशी, मिनिष्ट्रि अफ कमर्श एण्ड इण्डष्ट्रिका अतिरिक्त सचिव एल सत्या श्रीनिवासले समेत आफ्ना भनाइ राखेका छन् ।

डायलग कार्यक्रम तीन चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा व्यापार सम्झौतामामा एकिकृत लगानी, दोश्रो चरणमा स्थानीयकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव र तेश्रो चरणमा विकसित विश्वव्यापी व्यापारको परिदृष्यमा लचिलोपना विकास गर्ने शीर्षक अन्तर्गत भएको छलफलमा विश्व व्यापार संगठनका प्रतिनिधि लगायत विभिन्न देशबाट आएका प्रतिनिधिले पेनेलिष्टका रुपमा आ-आफनो धारणा राखेका छन् ।

यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजित भारत मोविलिटी अन्तर्गत भइरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडाका अध्यक्ष चौधरीको नेतृत्वमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।