रूपेन्देहीमा रवि लामिछानेको बयान सकियो, थुनछेक बहस आज नहुने
बुटवल, ९ माघ । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ ।
न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने जानकारी दिए ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगीको मुद्दामा बयान भएको हो । आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता गरिएको थियो ।
रविसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्धअदालतमा मुद्दा गरिएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका हुन् ।