निक्षेप तथा कर्जा सुरक्षण कोषका सीईओ ‘ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड’बाट सम्मानित
काठमाडौं, ९ माघ । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले ‘ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् ।
नयाँ दिल्लीमा इन्टरनेसनल अवार्ड फोरम युनाइटेड स्टेट अफ अमेरिका (टिफ–युएसए) द्वारा आयोजित कार्यक्रममा घिमिरेले अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाएका हुन् ।
उनले आफ्नो क्षेत्रमा गरेको योगदानको आधारमा यो अवार्ड प्रदान गरिएको घिमिरेले जानकारी दिए । उनले आफ्नो पेशागत यात्रा एनआईसी एशिया बैंक देखि सुरु गरेका हुन ।
साथै, दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको निर्देशकसमेत रहेका उनी नेपाल एसबिआई मर्चेन्ट एण्ड बैंकिङको समेत सीईओ भइसकेका व्यक्ति हुन् । अहिले कोषमा उनले व्यवस्थापकको भूमिका निर्वाह गर्दै आइरहेका छन् ।