फास्ट चार्ज सर्पोट गर्ने सुजुकीको इलेक्ट्रीक एक्सेस

फास्ट चार्ज सर्पोट गर्ने सुजुकीको इलेक्ट्रीक एक्सेस

काठमाडौं, ९ माघ  । सुजुकी मोटरसाइकल तथा स्कुटर इण्डियाले स्कुटरको इलेक्ट्रीक भर्सन ल्याएको छ । कम्पनीले भारतमा जारी मोबिलिटी एक्स्पो २०२५ मा सुजुकी एक्सेस इलेक्ट्रीक प्रर्दशन गरेको हो ।

कम्पनीले अहिले प्रदर्शन गरेको स्कुटर भने टेष्टिङ फेजमा रहेको बताएको छ । यसअघि भारतीय बजारमा विभिन्न समयमा सुजुकी वर्गम्यान इलेक्ट्रीक परीक्षण गरिरहेको देखिएको भए पनि कम्पनीले सुजुकी एक्सेसको इलेक्ट्री भेरियन्ट ल्याएको हो ।

सुजुकी ई–एक्सेस नाम दिइएको यो स्कुटरमा ४.१ किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ । यसमा ३.०७ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक दिइएको छ । 

यो स्कुटरमा भएको ब्याट्री प्याकलाई एकपटक फुलचार्ज गरेर ९५ किलोमिटरसम्म चलाउन सकिने दाबी कम्पनीले गरेको छ ।  यसले ० देखि ८० प्रतिशत चार्ज गर्न मात्र ७२ मिनेट समय लाग्छ भने ०–१०० चार्ज गर्न २ घण्टा १२ मिनेट समय लाग्ने बताइएको छ । 

फ्रन्टमा टेलिस्कोपिक र रियरमा स्वीङ आर्म सस्पेन्सन रहेको छ । यो स्कुटरमा तीन राइड मोड, एलईडी हेडलाइट, अलोय ह्वील, डिजिटल कनेक्टेड डिस्प्ले जस्ता फिचर रहेका छन् । 

प्रडक्सन मोडलको रूपमा आउँदा  यो स्कुटर ९० हजार एक्स सोरुम मूल्य हाराहारी पर्ने बताइएको छ ।