कृषि विश्वविद्यालयमा डीन र निर्देशक नियुक्त
काठमाडौं, १० माघ । कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीन जना डीन र एक जना निर्देशक नियुक्त गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाका अनुसार कृषि संकायमा अर्जुनकुमार श्रेष्ठ, भेटेनेरी संकायमा प्रा डा भूमिनन्द देवकोटा र वन संकायमा प्रा वासुदेव पोखरेल नियुक्त भएका छन् ।
परिषद्ले प्रा डा निराजन भट्टराईलाई अनुसन्धान निर्देशकको रुपमा नियुक्त गरेको छ । विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी छ ।