सडक दुर्घटनाः धनुषामा ६ महिनामा २६ जनाको मृत्यु
जनकपुरधाम, १० माघ । बितेका छ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका पाँच सय छ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा पाँच सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए । उक्त कार्यालयले समीक्षा अवधिकमा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार पाँच सय ९३ सवारीसाधनका सञ्चालकबाट रु ९७ लाख ५८ हजार पाँच सय राजस्व सङ्कलन भएको जनाएको छ ।
गत आवको सोही अवधिमा १४ हजार दुई सय ३६ सवारीसाधनबाट रु एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो ।