सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं, १० माघ । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका १५ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन निर्देशन दिएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै बाटोको म्यादबाहेक ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो । 

साथै, ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आएमा सफाइको मौकासमेत दिइने अन्यथा सेवाबाट हटाइनेसम्मको कारबाही हुने सूचनामा उल्लेख छ । 

‘सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन आउनुहोला,’ सूचनामा भनिएको छ, ‘अन्यथा प्रहरी नियमावलीअनुसार कारबाही हुनेछ ।’