कर्णाली प्रदेश सरकारको ६ महिना: पुँजीगत खर्च ८.९० प्रतिशत मात्रै

कर्णाली प्रदेश सरकारको ६ महिना:  पुँजीगत खर्च ८.९० प्रतिशत मात्रै

काठमाडौं, १० माघ, । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च जम्मा ८.९० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुस मसान्तसम्मको तथ्याङ्क हेर्दा प्रदेश सरकार बजेट कार्यान्वयनमा कमजोर देखिएको हो । 

प्रदेश सरकारले मात्र ८.९० प्रतिशत पुँजीगत बजेट खर्च गरेको पाइएको छ । पुस मसान्तसम्म आइपुग्दा केवल १ अर्ब ६६ करोड ९३ लाख ६० हजार ३ ८९ रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु आवमा ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएको प्रदेश सरकारले चालु कुल १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ पुँजीगत र १२ अर्ब ४० करोड ४८ लाख ७३ हजार चालुतर्फ बजेट ल्याएको थियाो ।

प्रदेश सरकारले पुँजीगत बजेट कार्यान्वयनको अवस्था सुधार नगरे पनि चालुतर्फ तलब भत्तामा भने खर्च वृद्धि गरेको छ । पुस मसान्तसम्म चालुतर्फको बजेट २४.८७ प्रतिशत अर्थात् ३ अर्ब ८ करोड ५४ लाख अर्थात् २४.८७ प्रतिशत रुपैयाँ खर्च गरेको  लेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

प्रदेश सरकारले विकास बजेट भन्दा अन्य खर्च झन्डै तीन गुणा बढी गर्न सफल भएको छ । प्रदेशले अबको बाँकी ६ महिनामा २६ अर्ब ६५ करोड ५२ लाख ७९ हजार ७१४ रुपैयाँ अर्थात् कुल बजेटको ८४.८६ प्रतिशत बजेट कार्यान्वयन गर्नुपर्नेछ । प्रत्येक वर्ष बजेट कार्यान्वयनमा कमजोर रहेको कर्णाली सरकारको खर्च स्थिति यही अवस्थामा चालु आवमा पनि बजेट कार्यान्वयनको अवस्थामा सुधारको सम्भावना न्यून देखिन्छ ।