'एनआरएनए' लाई शुल्क लिएर भिसा दिने प्रावधान गलत : सांसद गिरी
काठमाडौँ, १० माघ । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपक गिरीले गैर आवासीय नेपाली (एनआरएनए) हरुलाई शुल्क लिएर भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनु पर्ने जनाएका छन् ।
प्राइम टाइम एचडीको अन्तरवार्तामा नेता गिरीले नेपालको संविधानले नै एनआरएनए नागरिकता सुनिश्चित गरिसकेपछि एनआरएनएहरुलाई आफ्नै मातृभूमि आउँदा भिसा लगाउनु पर्ने प्रावधान सरासर संविधानको मर्म विपरित रहेको बताए । उनले त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने पनि जनाए ।
एनआरएनएलाई भिसा दिने प्रावधान गलत भएको भन्दै त्यसलाई हटाउनै पर्ने नेता गिरीले बतए। ूनेपाली नागरिकता लिइसकेको एउटा नेपालीले किन भिसा लिनुपर्यो रु आफ्नो देशमा आउनलाई भिसा किन चाहियो रु यो बन्द गर्नुपर्छ,ू गिरीले भने ।
अर्को प्रसंगमा नेता गिरीले नेपाली नागरिकता नलिएकाहरुको हकमा भने भिसा लिन आवश्यक रहेको बताए ।
एक प्रश्नको जवाफमा पूर्व मन्त्री गिरीले सरकारको काम सुस्त रहेको बताए । यद्यपि उनले यो सरकारलाई काम गर्न दिनु पर्ने जनाउँदै पटक पटक सरकार बदल्दा देशमा राजनीतिक अस्थिरता हुने पनि जनाए ।
उनले रवि लामिछानेको बारेमा अदालतमा मुद्दा विचाराधीन रहेकाले थप टिप्पणी गर्न नचाहेको बताए । 'सबै सहकारी पीडितहरुले न्याय पाउनुपर्छ । उनीहरुले आफूले बचत गरेको रकम फिर्ता पाउनुपर्छ । यसमा सरकारले खुट्टा कमाउनु हुँदैन । जुनसुकै पार्टीको भए पनि छुट पाउनु हुँदैन,' गिरीले भने ।
सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका रवि लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको छ । रवि लामिछानेसँग अदालतले ६५ लाख धरौटी माग गरेको थियो ।
स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा काठमाडौँ जिल्ला अदालतको आदेशपछि रवि ६० लाख धरौटी बुझाएर रिहा भएका हुन् ।
त्यस्तै गिरीले हमास विद्रोहीको कब्जामा रहेका नेपालका विपीन जोशीलाई सरकारले फिर्ता ल्याउन अन्तर्राष्ट्रिय स्तरमा पहल गरिरहेको बताए । 'उनलाई सरकारले ल्याउँछ,' गिरीले भने ।