चिलिमेको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

चिलिमेको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

काठमाडौं, १० माघ । चिलिमे जलविद्युत् कम्पनीले २ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ  । 

पुस २८ गते सम्पन्न साधारण सभाले २०८०/८१ को नाफाबाट पारित गरेको २ प्रतिशत नगद लाभांश माघ ७ गतेबाट  कम्पनीले सेयरधनीहरुको जम्मा गरेको हो ।

डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मात्र नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ ।

यस्तै,कम्पनीले  बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश खातामा आउने भएकाले तत्काल डिम्याट गर्न पनि आग्रह गरेको छ ।