मधेशको सरकारी कामकाजी भाषासम्बन्धी विधेयकको विरोधमा प्रदेशसभा अगाडि प्रदर्शन
काठमाडौं, १० माघ । जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ ।
प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरुले मुख्यमन्त्री सिंहको पुतला दहन गरेका हुन् ।
मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले बिरोध जनाएका छन् । चार लाख भन्दा बढी बोलिने भाषालाई बिधेयकमा नराखेकोमा उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।
मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन बढी बिरोध गर्ने र भाषा र पहिचानको लागि लडिरह्ने उनीहरुको भनाइ छ ।
विरोध प्रदर्शनमा युवाहरुले पहिचानवादी सरकार मुर्दावाद, मुख्यमन्त्री राजीनामा दे, मुख्यमन्त्री मुर्दावाद, शिक्षा मन्त्री मुर्दावादका नारा लगाएका छन् ।