मोबिलिटी एक्स्पोबाट भारतमा बीवाइडी सिलायन-७ को बुकिङ खुला
काठमाडौँ, ११ माघ । चीनको सबैभन्दा ठूलो विद्युतीय गाडी निर्माता बीवाईडीले १८ जनवरीदेखि सिलायन-७ स्पोर्ट्स युटिलिटी भेहिकल को बुकिङ भारतीय बजारका लागि खुला गरेको छ ।
कम्पनीले यो घोषणा २०२५ को भारत मोबिलिटी एक्सपो, नयाँ दिल्लीमा गरेको हो ।
प्रदर्शनीमा सिलाइन र यसको अल्ट्राप्रिमियम अफ-रोड गाडी याङवाङ यू ८ पनि प्रदर्शन गरिएको थियो ।
बुकिङको लागि ७० हजार भारु (८०९ डलर) को मूल्य निर्धारण भएको छ । कम्पनीले महिना यो गाडीको पूर्ण मूल्य सार्वजनिक गर्ने र मार्चदेखि डेलिभरी सुरू गर्ने रणनीति बनाएको छ ।
सिलायन-७ भारतमा गाडी बुकिङ खुला भएको छ तर, नेपालमा कहिले आउँछ भन्ने एकिन भैसकेको छैन ।