मर्जरमा जान पोखरा फाइनान्सले बनायो समिति

मर्जरमा जान पोखरा फाइनान्सले बनायो समिति

काठमाडौं, ११ माघ । पोखरा फाइनान्सले मर्जर समिति बनाएको छ। योसँगै पोखरा फाइनान्स अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान तयार रहेको देखिन्छ।

पोखरा फाइनान्सको २०७९ पुस ३० गते र २०८० पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाहरुले उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गरी प्राप्ति वा गाभिने (मर्जर तथा एक्विजिन) प्रक्रिया अगाडि बढाउन उचित देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ।

सञ्चालक समितिको माघ ९ गते बसेको बैठकले मर्जर तथा एक्विजिन प्रक्रिया बढाउन समिति गठन गरेको हो। अब सोही समितिमार्फत कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन सम्पूर्ण कार्य गर्ने बताइएको छ ।