वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं, ११ माघ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन दर्ता भएको छ ।
टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित निवेदन दिइएको थियो ।
निवेदक दिलबहादुर राईले त्रिपाठीलाई अवहेलनामा हदैसम्म कारबाही माग गरेका छन् । उक्त मुद्दामा आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने बताइएको छ ।