सोमबार १२ फागुन, २०८१

अस्वस्थ रहेका प्रधानमन्त्री पाल्पा गएनन्, 'भर्चुअल' माध्यमबाटै गरे बगनासकालीको प्रशासकीय भवन उद्घाटन

अस्वस्थ रहेका प्रधानमन्त्री पाल्पा गएनन्, 'भर्चुअल' माध्यमबाटै गरे बगनासकालीको प्रशासकीय भवन उद्घाटन

काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार भर्चुअलरुपमा उदघाटन गरेका छन् ।

प्रधानमन्त्री ओली कार्यक्रमस्थलमै पुगेर उदघाटन गर्ने कार्यक्रम रहेपनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको बताए ।

उनले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा दिन र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे ।