यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा शाह
काठमाडौं, १२ माघ । यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त भएका छन् ।
यशोदा फुड्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार बिस्तारका लागि शाहलाई नियुक्त गरेको जनाएको छ ।
शाहको लामो व्यावसायिक अनुभव छ । उनले यसअगाडि केडिया ग्रुपमा ७ वर्ष र चौधरी ग्रुपमा २४ वर्ष काम गरिसकेका छन् ।
उत्पादन, इन्जिनियरिङ, प्राजेक्ट मेनेजमेन्ट, सेल्स तथा मार्केटिङमा उनको अनुभव रहेको छ ।
यशोदा फुड्सका अध्यक्ष चुनप्रसाद पौडेलले शाहको प्रवेशसँगै यशोदाको उत्पादन अन्तर्राष्ट्रिय बजारमा बिस्तार हुने विश्वास व्यक्त गरे ।
कम्पनीले भारत, अमेरिका, युरोप, अष्ट्रेलियालगायत १५ भन्दा बढी देशमा आफ्नो उत्पादन निर्यात गर्दै आइरहेको छ ।
कम्पनीले करेन्ट चाउचाउ, चिजबल्स र चिप्सलगायतका खाद्यवस्तु उत्पादन गर्दै आइरहेको छ ।