गुल्मीमा २ अर्ब बढीको मासु र दुधको कारोबार

गुल्मीमा २ अर्ब बढीको मासु र दुधको कारोबार

गुल्मी, १३ माघ । गुल्मी जिल्लामा दुई अर्ब रुपैयाँ बढीको मासु र दुधको कारोबार हुने गरेको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा जिल्लाका अगुवा दुध, माछा, मासु व्यवसायीहरुसँग कार्यक्रम उक्त तथ्याङक प्रस्तुत गरेका थिए ।

जिल्लामा एक वर्षको अवधीमा दुग्ध र मासु व्यवसायीहरुले प्रस्तुत गरेको तथ्याङक अनुसार २ अरब १८ करोड ३७ लाख ४० हजार बरावरको मासुको कारोबार हुने गरेको व्यवसायीहरुको अनुमान रहेको छ ।

दुई नगर र दशवटा गाउँपालिकामा रहेका व्यावसायीहरुले १३ करोड, ८७ लाख ३६ हजार ५ सयको दुधको कारोबार हुने गरेको तथ्याङ प्रस्तुत गरेका छन् । गुल्मीमा दुध, माछा, मासु व्यवसायीहरुसँग कार्यक्रम गुल्मीमा दुध, माछा, मासु व्यवसायीहरुसँग कार्यक्रम  गरिएको छ ।

जिल्लामा दुध माछा मासु व्यावसायको वर्तमान अवस्था समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा अगुवा व्यवसायीहरुसँग छलफल गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बताए ।

जिल्लामा दुध, माछा, मासु जन्य व्यवसायमा देखिएका समस्याहरुको बारेमा व्यवसायीहरुले विभिन्न खालका धारण राखेका थिए । व्यवसायीहरुले व्यवसाय दर्ता प्रक्रिया झन्झटिलो भएको, उपभोक्त कमी उत्पादन बढी भएको, मूल्य निर्धारण नगरिएको जस्ता समस्या राखेको दुग्ध व्यवसायी रबीलाल पन्थले बताए ।

उनले ठूलो परिमाणमा दुध भण्डारण गर्न गुणस्तरीय चिस्याल केन्द्रको अभाव भइरहेको जस्ता समस्याहरु राखेका थिए । दुध, माछा, मासु व्यवसायीहरुसँग विभिन्न खालका समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा गरिएको यस कार्यक्रमले व्यावसाय सञ्चालनसँगै गुणस्तीयर बिक्री विरतण गर्नका लागि टेवा पुग्ने पन्थले बताए ।

जिल्लामा दुध, माछा, मासु व्यवसायीहरुलाई व्यवसाय दर्ता, सञ्चालनको बारेमा कार्यालय प्रमुख हुमाकान्त पाण्डेले जानकारी गराउनु भएको थियो । व्यावसायीहरुसँग वर्तमान अवस्था समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा जानकारी लिदै कार्यालय प्रमुख पाण्डेले आगामी दिनमा समस्या समाधानको बारेमा कार्यालयको तर्फबाट सम्बन्धीत कार्यक्रममा समाबेश गर्ने बारेमा जानकारी गराए । 

जिल्लामा दुध, माछा, मासु व्यवसायीहरुसँग गुणस्तरीय वस्तु बिक्रीका लागि यस कार्यक्रमले महत्वपूण भूमिका खेल्ने कार्यालय प्रमुख पाण्डेले बताए । 

यस कार्यक्रमले व्यवसायीहरूलाई एकअर्कासँग आफ्नो अनुभव, समस्याहरू र सम्भावित समाधानहरू साझेदारी गर्ने अवसर प्रदान गरेको व्यवसायीहरुको तर्क छ ।

कार्यक्रमले विभिन्न कृषि, पशुपालन, माछापालन र मासु उत्पादन व्यवसायीहरूको समस्यामा सुल्झाउन, बजारमा सुधार गर्न मद्दत गने अपेक्षा कार्यालयले लिएको छ ।