हेटौँडा आसपासमा मौलाउँदै यौन व्यवसाय, स्थानीय प्रशासन मौन
मकवानपुर, १३ माघ । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकामा रहेका होटल तथा लजहरूमा यौन व्यवसाय बढ्दै जान थालेको छ ।
हेटौँडाको सबैभन्दा ठूलो बसपार्क हेटौडा बसपार्कमा यौन व्यवसायीहरू पछिल्लो समय होटल केन्द्रित हुन थालेपछि यौन व्यवसाय बढेको पाइएको हो ।
पहिला हेटौँडा उपमहानगरपालिका वडा नं। १० मा रहेको वनविज्ञान प्रतिष्ठानकोको जंगलमा यौन सम्बन्ध राख्ने युवतीहरू अहिले होटलमा केन्द्रित भएको स्थानीय व्यवसायी बताउँछन् ।
ट्रक तथा मोटरसाइकल चालकहरूलाई जंगलमै यौन सम्पर्क गराउने युवतीहरू केही समययता होटल तथा लजहरूमा देखिन थालेको स्थानीय ललिता रिजालले बताइन् ।