सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछानेको पक्षमा रमण श्रेष्ठको बहस जारी
काठमाडौं, १३ माघ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।
बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका थिए ।
उनीहरूको बहस नसकिएपछि आज उपस्थित हुनेगरी इजलासले रविलाई परिवारको जिम्मा लगाएको थियो ।
थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् ।
त्यसपछि अदालतले आदेश जारी गर्नेछ ।