सभामुख घिमिरे र सत्तापक्षका मुख्य सचेतकबीच छलफल जारी

सभामुख घिमिरे र सत्तापक्षका मुख्य सचेतकबीच छलफल जारी

काठमाडौं, १३ माघ । सभामुख देवराज घिमिरे र सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकबीच छलफल जारी रहेको छ।

सभामुखको कार्यकक्षमा संसदको आगामी हिउँदे अधिवेशनका बारेमा सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल जारी रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

उनका अनुसार त्यसपश्चात दिउँसो २ बजे सभामुख घिमिरेले प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्ने कार्यतालिका छ।

सभामुख घिमिरेले सोमबार बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल गर्ने तयारी छ। 

यसैगरी मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा तय गरिएको सभामुखका प्रेस सल्लाहकार अधिकारीले बताए। विधेयक रहेका संसदीय समितिका सभापतिसँग अलग/अलग संवाद पनि गरिरहेछन्। संसद् अधिवेशन माघ १८ गते आह्वान भएको छ।