निजी क्षेत्रले भन्सार विभागलाई थप जिम्मेवार र उत्तरदायी बनाएको छ : अध्यक्ष ढकाल

निजी क्षेत्रले भन्सार विभागलाई थप जिम्मेवार र उत्तरदायी बनाएको छ : अध्यक्ष ढकाल

काठमाडौं, १३ माघ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार र उत्तरदायी बनाएको बताएका छन् । 

आज (आइतबार) ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा आयोजित कार्यक्रममा मन्तव्य राख्नेक्रममा अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन् ।

उनले मुलुकको समग्र विकासको लागि व्यापारलाई भन्सारले अग्र स्थानमा राख्नुपर्ने बताए ।

उनले भने,‘निजी क्षेत्रले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार र उत्तरदायी बनाएको छ । तर भन्सार विभागमा देखिएका प्रक्रियागत झन्झटहरु कम हुनुपर्ने आवश्यक छ । वस्तुको मूल्यांकन पद्धति अनुसार समेत हुनुपर्छ ।

विभागका तजविधि अधिकारीहरुको अन्त्य हुनुपर्ने, प्रशासनिक पुनरावलोकनका आदेशहरु प्रभावकारी कार्यान्वयन हुनुपर्ने लगायतका सुझावहरू उद्योग महासंघले दिएको छ ।