विद्युतीय व्यापार सम्बन्धी विधेयक चाँडै टुंगोमा पुग्छ : मन्त्री भण्डारी
काठमाडौं, १३ माघ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार सम्बन्धी विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।
आज (आइतबार) उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भण्डारीले प्रविधिको फेरबदलसँगै परिवर्तन हुन जरुरी रहेकाले विद्युतीय व्यापार सम्बन्धी विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् ।
‘प्रविधिको फेरबदलसँगै हामी परिवर्तन हुन पनि आवश्यक छ । तर अन्य विषयहरू परिवर्तन गर्न मन्त्रिपरिषदबाट कार्यान्वयन हुनुपर्छ । तर ऐनमा चाही समितिले नै अगाडि बढाएर लान सक्छ । विद्युतीय व्यापार सम्बन्धी विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्नेछ,’ उनले भने ।
साथै उनले समितिमा आएका उपयुक्त कुराहरू र विषयहरूलाई दायाँ बायाँ नगरेर ऐनको गरिमा माथि प्रहार गर्न नहुने बताए । उनले प्रविधिका कारण समयक्रममा बदलिरहँदा ऐनको गरिमा माथि फेरी प्रहार हुनसक्ने भन्दै ऐन र विधेयकहरुमा ध्यान दिनुपर्ने बताए ।