कांग्रेस संसदीय दलको बैठक जारी
काठमाडौं, १३ माघ । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ । १८ माघमा संसदको अधिवेशन सुरु हुने भएकाले अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको हो ।
हालै सरकारले पाँचवटा अध्यादेश ल्याएको विषयमा कांग्रेसभित्रै विरोध भइरहेकाले सो विषयमा एकमत बनाउन संसदीय दलको बैठक बसेको कांग्रेस नेताहरूले बताएका छन् । आइतबार बैठकमा सबै सांसदहरूलाई अध्यादेशको कपी बाँडेर छलफल सुरु गरिएको छ ।
यसअघि शनिबार सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र मन्त्रीहरूबीच पनि अध्यादेशबारे छलफल भएको थियो । बैठकमा देउवाले अध्यादेशको विरोध नगर्न निर्देशन दिएका थिए । आइतबार संसदीय दलको बैठकबाट सभापति देउवाले अध्यादेशबारे सबै सांसदहरूको धारणामा एकरुपता कायम गराउन बैठक राखेका हुन् ।