रुपन्देहीमा रविविरुद्धको मुद्दामा थुनछेक सकियो, जवाफी बहस जारी
काठमाडौं, १३ माघ । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस सकिएको छ । गत बुधबारदेखि रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहस सकिए हो ।
अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले जवाफी बहस गरिरहेका छन् । त्यसलगत्तै जाहेरवालाका वकिलहरूले जवाफी बहस गर्नेछन् ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले जवाफी बहस सकिएपछि थुनछेक आदेश जारी गर्नेछ ।