जसपाको संघीय परिषद् भेला चैतमा
काठमाडौं, १३ माघ । शोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद् भेला आउँदो चैतमा गर्ने निर्णय गरेको छ। भेला काठमाडौंमा हुनेछ।
वीरगञ्जमा आइतबार भएको केन्द्रीय समिति बैठकले चैतमा संघीय परिषद भेला गर्ने निर्णय गरेको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए।
‘संघीय परिषद्को भेला चैत महिनामा काठमाडौंमा आयोजना गर्ने प्रस्ताव पारित भयो,’ उनले भने।
बैठकले अध्यक्ष राईको राजनीतिक प्रतिवेदन पारित गरेको छ।