ई-स्पोट्र्स नेसनल च्याम्पियनसिपमा ११ हजार खेलाडी दर्ता
काठमाडौं, १३ माघ । ई–स्पोट्र्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुन लागेको दोस्रो ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिपका लागि उल्लेख्य संख्यामा नाम दर्ता भएको छ । च्याम्पियनसिपका विभिन्न ६ विधाका लागि ११ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गराएको ई स्पोर्ट्स संघ नेपालले जनाएको छ ।
च्याम्पियनसिपमा पब्जी मोबाइल, ई–फुटबल, मोबाइल लिजेण्ड्स, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ६ विधामा प्रतिस्पर्धा गराइने छ । इ फुटबलमा २ हजार ५ सय १९ जनाले नाम दर्ता गराएका छन् ।
यसैगरी पब्जी मोबाइलमा १ हजार ३९ टिम, मोबाइल लेजेण्ड्समा २ सय ८१ टिम, भारोलेरेन्टमा ६६ टिम, डोटा टु मा ५८ टिमले नाम दर्ता गराएका छन् । कसप्ले विधामा भने अझै दर्ता खुल्ला नै राखिएको छ ।