स्रोत नखुलेको ३९ लाखसहित काठमाडौंको इन्द्रचोकबाट एक जना पक्राउ

स्रोत नखुलेको ३९ लाखसहित काठमाडौंको इन्द्रचोकबाट  एक जना पक्राउ

काठमाडौं, १४ माघ । काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ पक्राउ परेका हुन् । 

उनलाई लाई आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले उक्त नगद सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।