कसूरजन्य सम्पत्तिको शुद्धीकरणलाई निवारण गर्न खोजिरहेका छौंः महान्यायाधिवक्ता बडाल

कसूरजन्य सम्पत्तिको शुद्धीकरणलाई निवारण गर्न खोजिरहेका छौंः महान्यायाधिवक्ता बडाल

काठमाडौं, १४ माघ । महान्यायाधिवक्ता रमेश बडालले सम्पत्ति शुद्धीकरण निवारणको सवालमा अपराध हुनै नदिने अवस्थाको थालनी गर्ने गरी काम गर्नुपर्ने बताएका छन्।

सोमबार सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अपराध हुनै नदिने अवस्थाको सृष्टि कसरी गर्ने भन्ने विषयलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘सम्पत्ति शुद्धीकरण निवारणको कुरा गर्दै गर्दा अपराध हुनै नदिने अवस्थाको सृष्टि कसरी गर्ने त्यो कुरामा हाम्रो अलिकति अभाव भइरहेको छ । र छलफल पनि अलि कम भयो कि त्यसैले त्यहि विषयलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ । जति हामी नियमक संस्थाहरु छौं । उनीहरुले आफू माहतका सबै संस्थाले नियमन राम्रोसँग गदिर्नुपर्यो उहाँहरुले गरिराखेको काममा पारदर्शीता छ कि छैन   त्यसको मनिटर गर्नुपर्‍यो।’

साथै उनले सम्पत्ति शुद्धीकरण आफैंमा स्वीकार्य योग्य शब्द भएन कि भन्ने खालको कुराहरु पनि आउने गरेको भन्दै कसूरजन्य सम्पत्तिको शुद्धीकरणलाई निवारण गर्न खोजेको कारण सबै व्यापार व्यवसाय गर्नेहरु यसबाट डराउन नपर्ने बताए ।