प्रहरीले बुझायो रवि जोडिएको सहारा सहकारीको ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन

प्रहरीले बुझायो रवि जोडिएको सहारा सहकारीको ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन

काठमाडौँ, १४ माघ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत जोडिएको साहारा चितवन सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले पुनः सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

सरकारी वकिल कार्यालयले साहारा सहकारीको अनुसन्धान पूरा नभएको भन्दै केही दिन अगाडि प्रतिवेदन फिर्ता गरेपछि केही विषयहरू थप गरी पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उनका अनुसार, प्रहरीले आइतबार नै अनुसन्धान प्रतिवेदन बुझाएको हो । अदालत पेस हुनका लागि मिलाउनुपर्ने केही फर्म्याटहरू नमिलेको र रकम गएको विषयको विश्लेषणसमेत मिलाएर पठाइएको हो । प्रहरीले एक जना प्रतिवादीसमेत थप गरेर पठाएको छ ।