नेप्सेमा महुली लघुवित्तको ४ लाख ७५ हजार कित्ता एफपीओ सूचीकृत
काठमाडौं, १४ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार महुली लघुवित्तको एफपीओ सूचीकृत भएको छ ।
कम्पनीको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सूचिकृत भएको हो । सूचीकृतपश्चात उक्त सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।