प्रोटनको इभी कार नेपाली बजारमा ल्याउने तयारी

प्रोटनको इभी कार नेपाली बजारमा ल्याउने तयारी

काठमाडौँ, १५ माघ । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटोन इमास ७ ईभी कार ल्याउने भएको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटोनको ईभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो ।

प्रोटोनले मलेसियापछि नेपालसहित त्रिनिदाद एन्ड टोबागो, सिंगापुर र मौरिशसमा पनि ‘इमास ७’ इभी लन्च गर्ने तयारी गरेको छ । प्रोटोन ‘इमास ७’ प्राइम र प्रिमियम गरि दुई भेरिएन्टमा उपलब्ध रहेका छन् ।

प्रोटोन इमास ७ ले आसियान एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ र यसले कुल ९२.५७ अंक प्राप्त गरेको छ । जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७।३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६.२५ अंक प्राप्त गरेको छ ।

यी मूल्याङ्कनहरूले ‘इमास ७’ ले यात्री र सडक प्रयोगकर्ताहरूको सुरक्षा प्राथमिकतामा राखेको स्पष्ट हुन्छ ।

शंकर ग्रुपको टु ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले जनवरी महिनामै डेमो कार काठमाडौँ ल्याउने बुझिएको छ भने कम्पनीले आधिकारिक जानकारी नदिए पनि मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको छ ।

नेपालमा हाल इभी बजार आकर्षित भएको समयमा ‘इमास ७’ ले नेपाली ग्राहकहरूको आवश्यकताअनुसार उन्नत सुविधाहरू र अत्याधुनिक प्रविधि प्रदान गर्ने अपेक्षा लिइएको छ  ।