गरिमा विकास बैंक र वात्सल्य नेचुरल आईभिएफबीच विशेष छुट सम्झौता
काठमाडौं, १६ माघ । गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफबीच एक महत्त्वपूर्ण सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकलाई निसन्तान उपचारको लागि विशेष छुट प्रदान गरिने छ। यस सम्झौताले गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफको विभिन्न उपचार सेवामा आकर्षक छुटको सुविधा प्राप्त हुनेछ।
सम्झौतामा गरिमा विकास बैंकका लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य नेचुरल आईभिएफका डिजिटल तथा मिडिया म्यानेजर नविन विष्टले हस्ताक्षर गरे।
हालको जीवनशैलीमा परिवर्तन, तनाव, खानपिनका समस्याहरू र बढ्दो उमेरको कारण निसन्तान समस्यामा वृद्धि भइरहेकोले यस सम्झौताले विशेष महत्त्व राख्छ। वात्सल्य नेचुरल आईभिएफ, जो नेपालमा यस क्षेत्रमा ख्याती प्राप्त संस्था हो, ले यस नयाँ सम्झौताअनुसार गरिमा विकास बैंकका सम्पूर्ण ग्राहकलाई निसन्तान उपचारको प्याकेजमा एकमुष्ठ रु १०,००० सम्म छुट, प्याथोलोजी परीक्षणमा १० प्रतिशत छुट र औषधीमा ५ प्रतिशत छुट प्रदान गर्ने छ।
यस सुविधाको लाभ उठाउनको लागि गरिमा विकास बैंकका खातावाल ग्राहक, डेविट तथा क्रेडिट कार्ड होल्डरहरुले वात्सल्य नेचुरल आईभिएफका सम्पूर्ण आउटलेटहरुमा पुगेर यो छुट प्राप्त गर्न सक्नेछन्।
गरिमा विकास बैंक लिमिटेडले हाल देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटीएममार्फत नविनतम डिजिटल बैकिङ सेवा प्रदान गर्दै आएको छ। यस बैंकको उत्कृष्ट सेवा र ग्राहकहरूको भलाइको लागि नयाँ साझेदारीले अझ बढी सन्तुष्टि र सुविधा दिने विश्वास व्यक्त गरिएको छ।