ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट

ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट

काठमाडौं, १७ माघ । नेपाली बजारको सर्वाधिक लोकप्रिय प्रिन्टर ब्रान्ड ब्रदरले आफ्ना ग्राहकहरूलाई ५० प्रतिशतसम्म छुट दिने  भएको छ । सागर ग्रुपले ब्रदर टोनर बक्स सिरिजअन्तर्गतका  प्रिन्टरको खरिदमा उक्त प्रतिशतसम्म छुट पाइने व्यवस्था मिलाएको हो । 

यो छुटको सुविधा तेस्रो संस्करणको  ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एन्ड लाइफस्टाइल स् मिट एन्ड ग्रिट, एक्स्पो–२०२५’ बाट लिन सकिने छ ।

उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघको २३ गतेदेखि २९ गतेसम्म आयोजना हुँदैछ ।

सागर ग्रुपका अनुसार सोही एक्स्पोमा ६ वटा मोडलका ब्रदर टोनर बक्स सिरिजका प्रिन्टरहरू  पनि लन्च हुनेछन् । जापानी उत्पादक ब्रदर इन्टरनेशनल कर्पोरेसनद्वारा उत्पादित ब्रदर प्रिन्टर नेपाली बजारमा निकै लोकप्रिय बनिसकेका छन् । 

स्मार्ट लुक्स, ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन ब्रदर प्रिन्टरका प्रमुख विशेषता हुन् ।​

ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ब्रदर डीसीपी–बी७६२०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो, ब्रदर डीसीपी–बी७६४०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो र ब्रदर एमएफसी–बी७८१०डीडब्लू लेजर एमएफसी प्रिन्टर–मोनो मोडलका प्रिन्टर रहेका छन् ।

यस्तै, उक्त सिरिजमै  ब्रदर एचएल–बी२१००डी लेजर प्रिन्टर–मोनो, ब्रदर एचएल–बी२१५०डब्लू लेजर प्रिन्टर–मोनो र ब्रदर एचएल–बी२१८०बीडब्लू लेजर प्रिन्टर–मोनो मोडलको प्रिन्टर रहेको छ ।

यी सबै मोडलका प्रिन्टर लन्चसँगै नेपाली उपभोक्ताको रोजाइमा पर्ने विश्वास सागर ग्रुपले लिएको छ ।