रवि लामिछाने आज सिंहदरबार जाँदै, सांसद् र सभामुखलाई भेट्ने

रवि लामिछाने आज  सिंहदरबार जाँदै, सांसद् र सभामुखलाई भेट्ने

काठमाडौं, १८ माघ । निलम्बित सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाँदैछन् ।

संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि लामिछाने संसदीय दलको कार्यालयमा पुगेर सांसदहरूलाई भेट्न लागेका हुन् ।

रास्वपा स्रोतका अनुसार, लामिछानेले आजै सभामुख देवराज घिमिरेलाई पनि भेट गर्दैछन् ।

संसद् बैठक सुरु हुनुअघि सभापति लामिछानेले आफ्ना सांसदहरूलाई पछिल्लो समसामयिक अवस्था र खेल्नुपर्ने भूमिकाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ ।

संसद् सचिवालयले रविलाई गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो ।