पश्चिम नवलपरासीमा प्रहरीको गोली लागेर एक जना घाइते

बुटवल, १८ माघ । पश्चिम नवलपरासीमा प्रहरीको गोली लागेर एक जना घाइतलागुऔषध नियन्त्रणमा लिने क्रममा अवरोध भएको भन्दै प्रहरीले गोली चलाउँदा पश्चिम नवलपरासीमा एक जना घाइते भएका छन् ।
नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनिया प्रहरीको गोली लागेर घाइते भएका हुन् ।
लोनियाको घरमा लागु औषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट विहीबार बेलुकी आठ बजेतिर एक टोली खटिएको थियो ।
उनलाई नियन्त्रणमा लिन खोज्दा अचानक प्रहरी माथि समेत आक्रमण गर्न आएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ ।