कांग्रेस संसदीय दलको बैठक लम्बियो, अर्को बैठक माघ २४ गते

कांग्रेस संसदीय दलको बैठक लम्बियो, अर्को बैठक माघ २४ गते

काठमाडौँ, १८ माघ । नेपाली काँग्रेसको संसदीय दलको बैठक लम्बिएको छ । आज बैठक सक्ने गरी बोलाइएको भए पनि बोल्ने क्रम लम्बिएकाले आज नसकिएको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

उनका अनुसार सांसदहरुले बोल्ने क्रम सकिए पनि मन्त्री, पार्टीका पदाधिकारीले बोल्ने क्रम बाँकी छ । अर्को बैठक यही २४ गते बिहान बोलाइएको उनले बताएका छन् ।