रास्वपाको अवरोधबीच सभामुखले अघि बढाए संसद बैठकको कार्यसूची

रास्वपाको अवरोधबीच सभामुखले अघि बढाए संसद बैठकको कार्यसूची

काठमाडौं,१८ माघ । सभामुख देवराज घिमिरेले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बाबजुदसंघीय संसदको पहिलो बैठकको कार्यसूची अघि बढाएका छन् ।

सभामुख घिमिरेले बैठकको कार्यसूची अघि बढाउन लाग्दा रास्वपा सांसदहरूले उठेर विरोध जनाइरहेका छन् । बैठक सञ्चालन भइसकेपछि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइसकेपछि रास्वपाका सांसदहरूले समयको माग गर्दै उभिएर विरोध जनाएका हुन् ।