संसदमा राजेन्द्र लिङ्देनको आरोप: प्रधानमन्त्री वरिपरिका मानिसहरूले भ्रष्टाचार गरिरहेका छन्
काठमाडौं, १८ माघ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीका वरिपरिका मानिसहरूले भ्रष्टाचार गरिरहेका आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले गर्ने नियुक्तिमा प्रधानमन्त्रीका वरिपरिका मानिसहरूले करोडको अफर गरिहेको दाबी गरे ।
‘तपाईंका वरिपरिका मानिसहरूले तपाईंले नियुक्ति गर्ने पदहरूमा करोड करोड अफर गरिरहेका छन् । धक्कुका साथ भनिरहनुभएको छ, भ्रष्टाचार गर्दिनँ भनेर तपाईंले गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन, तपाईं वरिपरिकाले गरिरहेका छन्,’ उनले भने, ‘मलाई लाग्छ सूचनाबाट विमुख हुनुहुन्छ । पन्चतन्त्रको राजा जस्तो पापीहरूले नदेख्ने धर्मात्माहरूले मात्र देख्ने काम गरिरहनु भएको छ, त्यो बालको काम मैले गरिरहेको छु । तपाईंको वरिपरिका मानिसहर भ्रष्टाचारमा संलग्न छन् ।’
लिङ्देनलने निर्माण व्यवसायीहरूको भुक्तानीमा पनि सरकारले पनि पैसा खाइरहेको बताए ।